अर्थ

प्रभु बैंकका रेमिटेन्स विभाग प्रमुख सुजिन शाक्य पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडका रेमिटेन्स डिपार्टमेन्ट प्रमुख सुजिन शाक्य पक्राउ परेका छन् ।

उनलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनि बुधबार ललितपुर महानगरपालिका–११ इखाचेंबाट पक्राउ परेका हुन् ।

बिज्ञापन

शाक्यले रेमिटेन्स कारोबारको क्रममा प्रभु बैंकलाई हानि पु¥याई आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा पु¥याउने गरी कानुनी व्यवस्थाको दुरुपयोग गरेका थिए ।

प्रारम्भिक अनुसन्धानका अनुसार प्रिफन्डिङ दिन सकिने कानुनी प्रावधानको दुरुपयोग गर्दै नियमविपरीत अर्कै रकम दिइएको र सोबापत नियमअनुसार ब्याजसमेत नलिई प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानि–नोक्सानी पु¥याइएको खुलेको छ ।

त्यस्तै, प्रभु म्यानेजमेन्ट प्रालिलाई नियमविपरीत सुपर एजेन्ट बनाई रेमिटेन्स कारोबार गर्न एड्भान्स रकम उपलब्ध गराइएको र सो कम्पनीसँग कारोबार स्थगित भएपछि पनि नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत सो रकम लामो समयसम्म स्वार्थ समूहलाई प्रयोग गर्न दिइएको पाइएको छ । यसबाट प्रभु बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९ सय ६६ रुपैयाँ ३० पैसा हानि भएको जनाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।