राजनीति

सल्लाघारीमा यसरी सजाइँदै छ एमाले महाधिवेशन उद्घाटनस्थल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एमालेको ११औँ महाधिवेशन शनिबारदेखि हुँदै छ । उद्घाटन कार्यक्रमका लागि भक्तपुरको सल्लाघारीमा मञ्चलगायतका संरचना धमाधम सजाइँदै छन् । मञ्च व्यवस्थापन उपसमितिका संयोजक विनोद श्रेष्ठका अनुसार एकैपटक ४५० अतिथि अट्ने गरी मञ्चलाई चार भागमा विभाजन गरिएको छ ।

पूर्वबाट पश्चिमतर्फ फर्किएको मञ्चको दायाँबायाँ केन्द्रीय पदाधिकारी, सदस्य र सल्लाहकार मञ्चका सदस्य बस्नेछन् । बिच भागमा चाँगुनारायण मन्दिरको प्रतिमा राखिएको छ । नजिकै पोडियम रहनेछ ।

बिज्ञापन

त्यसको तल भिभिआइपी र भिआइपी पाहुना बस्ने व्यवस्था गरिँदै छ । कलाकारको प्रस्तुतिका लागि छेउमै अर्को मञ्च तयार गरिँदै छ । १०८ रोपनी क्षेत्रफलमा फैलिएको चौरमा पाँच लाखसम्म सहभागीले सुन्न सक्ने अत्याधुनिक १०७ वटा स्पिकर राखिनेछन् । मञ्चको दायाँबायाँ दुईवटा मेघा स्क्रिन राखिनेछन् ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।