अनौठो

फोनमा पत्नीको नाम ‘मोटी’ सेभ गरेपछि सम्बन्धविच्छेद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । टर्कीको एक अदालतले आफ्नी पूर्वपत्नीको नम्बर फोनमा ‘मोटी’ भनेर सेभ गरेको आरोपमा एक पुरुषलाई भौतिक र मानसिक क्षतिको क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

सामान्यतया पति–पत्नीबीच मायालु वा रमाइला उपनामले सम्बन्ध अझ नजिक बनाउने गर्छ, तर कहिलेकाहीँ यही कुरा विवादको कारण पनि बन्न सक्छ। टर्कीमा भएको यो घटना त्यसको ताजा उदाहरण हो।

बिज्ञापन

स्थानीय सञ्चारमाध्यम हबरलर का अनुसार, उसाक सहरको एक सम्बन्धविच्छेद मुद्दामा श्रीमानले आफ्नी श्रीमतीको नम्बर फोनमा ‘टोमबेक’ नामले सेभ गर्नुभएकाे थियाे । जसको अर्थ टर्की भाषामा ‘मोटो’ वा ‘गोलमटोल’ हुन्छ। अदालतले यो शब्दलाई अपमानजनक ठहर गर्दै श्रीमतीको मान–मर्यादामा चोट पुर्‍याएको ठान्यो र श्रीमानलाई आर्थिक क्षतिपूर्ति तिर्न आदेश दियो।

यो उपनाम सम्बन्धविच्छेदको सुनुवाइका क्रममा सार्वजनिक भएको थियो। महिलाले अदालतमा बयान दिँदै भन्नुभयाे, ‘श्रीमानको यस्तो व्यवहारले मलाई मानसिक रूपमा निकै आघात पुर्‍यायो, मप्रति उनको दृष्टिकोण नै अपमानजनक थियो।’

मामला सर्वोच्च तहको कोर्ट अफ कसासन्स पुग्दा पनि अदालतले निचला अदालतको फैसला कायम राख्यो र श्रीमानलाई नै दोषी ठहर गर्‍यो। यस निर्णयले अब टर्कीमा कानुनी नजिर बसाएको मानिन्छ, जसले भविष्यमा यस्ता विषयलाई पनि पारिवारिक हिंसाको एक रूपका रूपमा व्याख्या गर्न सकिने संकेत दिएको छ।

यो असामान्य मुद्दाले टर्कीभर सामाजिक सञ्जालमा व्यापक बहस जन्माएको छ। केहीले अदालतको कदमको स्वागत गर्दै ‘मान–मर्यादाको अपमानको कुनै रूप स्वीकार्य हुन सक्दैन’ भन्नुभएकाे छ, भने अरूले भने यो अत्यधिक निर्णय भएको टिप्पणी गर्नुभएकाे छ।

एक प्रयोगकर्ताले लेख्नुभएकाे छ, “कसैलाई ‘मोटी’ भनियो भन्दै अदालत पुग्नु हास्यास्पद लाग्छ, किनकि कहिलेकाहीँ यस्तो शब्द प्रेमकै अभिव्यक्ति पनि हुन सक्छ।”

यससँगै अदालतको यो निर्णयले व्यक्तिगत सम्बन्धमा पनि शब्दको संवेदनशीलता र सम्मानको आवश्यकता फेरि एकपटक सतहमा ल्याएको छ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/10/387075/

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।