राजनीति

पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराज भनिने राजकुमार तामाङ लामालाई पार्टीले निलम्बन गरेको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई  काठमाडौंको कपनबाट पक्राउ गरेको हो। विस्फाेटक पदार्थसम्बन्धी कसुरमा फरार देखिएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पाँचथरमा पठाइएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए

उनी पक्राउ परेगलत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार विज्ञप्ति जारी गरेर आजैका मितिबाट अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि निलम्बन गरिएको जानकारी दिए । साम्पाङले अनुसन्धानको क्रममा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भनेर निलम्बन गरिएको विज्ञप्तिमा बताएका छन् । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।