अवर्गीकृत

‘सिक्री काण्ड’ मा कला लम्साललाई एलिनाको जवाफ- तपाईंको किड्नी किन्ने औकात छ बुझ्नु भो !

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गायिकाद्वय एलिना चौहान र कला लम्सालबीच सेलाएको विवाद फेरि चर्किएको छ । दुवैजना एकअर्कालाई फेरि धारेहात लगाइरहेका छन् ।

केही दिन अगाडि कलाले एक पोडकास्टमा बोल्दै कुनै सेलिब्रिटीले एक अन्तर्वार्तामा आफ्नो सिक्री लगाएर आफ्नै कुरा काटेको भन्दै एलिनाको बिल्ला गरेकी थिइन् ।
एलिनाको नाम नलिइकन उनले भनेकी छन्,

बिज्ञापन

‘एकजना सेलिब्रिटी नै हुनुहुन्छ उहाँ । उहाँले मेरो सिक्री छुटेको थियो उहाँसित । एउटा खत्रा पडकास्टमा गएर मेरै सिक्री लगाएर मेरै कुरा काट्नुभएको क्या । त्यो देखेर एकदमै सक भएको थिएँ । एकदमै हाँसो उठेको थियो ।’

उनको यो अभिव्यक्ति टिकटकतिर एकदमै भाइरल भयो । एलिना ट्रोलको शिकार बनिन् । उनका फ्यानहरूले चाहिँ कलाले भाइरल हुनका लागि एलिनाको नाम लिएको आरोप लगाए । स्वभावअनुसार एलिना चुप बस्न सक्ने सम्भावना थिएन । उनी कडा जवाफका साथ आएकी छन् ।

एलिनाले टिकटकबाट कलालाई जवाफ दिँदै एउटा भिडिओ क्लीप सार्वजनिक गरेकी छन् । उक्त क्लीपमा कलाले कोही पत्रकारसँग अन्तरवार्ताको बीचमा कफी पिउँदै अनौपचारिक गफ गरेको देखिन्छ । अहिले भाइरल भएको अन्तर्वार्ता भने यो होइन ।

यसमा कलाले भनेकी छन्, ‘लिभ इट.. त्यहीँबाट कट गरौं… एलिनाको तिर मोड… यो त अफलाइन है…’

यसरी ‘अफलाइन’ भनिएको कुरा पनि पत्रकारले नकाटिकन अनलाइनमै हालिदिएछन् । पछि हटाइएछ । तर, एलिनाका फ्यानले उक्त क्लीप काटेर एलिनालाई पठाउन भ्याइसकेका थिए । त्यही क्लीप एलिनाले सार्वजनिक गरेकी हुन् ।

उनले भनिन्, ‘देख्नुभयो होइन ? उहाँको इन्टेन भनेको मेरो नाम लिने, अन्तरवार्ता लिने मान्छेलाई मेरोबारेमा सोध भनेर भन्ने, अनि भाइरल हुने । मेले उहाँको इन्टेन्सन थाहा पाएँ कि मेरो नाम लिएर आफू चल्नुपर्ने रहेछ भनेर । त्यो थाहा पाएर मैले उहाँलाई चलाइनँ । त्यसपछि फेरि उहाँ अर्को पडकास्टमा गएर सिक्रीको कुरा निकाल्नुभो ।’

एलिनाले उक्त पडकास्टमा आफूले कलाको सिक्री लगाएको भने स्वीकार गरेकी छन् ।

उनले यसरी बयान गरिन् ‘अमेरिकामा उहाँले आफ्नो लुगामा म्याच भएन भनेर मलाई सिक्री राखिदेउन भनेर दिनुभएको थियो । घाँटीमै लगाएर राख है भन्नुभएको थियो । मैले हुन्छ दिदी भनेर राखिदिएँ । पछि उहाँ अर्गनाइजरसँग झगडा भएर नेपाल फर्किनुभयो । फर्किने बेला हतार हतारमा माग्न बिर्सिनुभयो । मैसित थियो । दिदी सिक्री छुटेको छ म नेपाल आएर दिन्छु तपाईंलाई भनेँ । हस् भन्नुभयो ।’

एलिनाले अन्तर्वार्तामा जाँदा होस नपुगेर कलाको सिक्री लगाएको उल्लेख गरेकी छन् ।

‘मलाई त होस हुँदैन नि त ! चोरेको होइन । केही होइन । उहाँले त मलाई चोर जस्तै बनाइदिनुभयो । कान खोलेर सुन्नुस, तपाईंको सिक्री होइन तपाईंको किड्नी किन्ने औकात मैले बनाएको छु क्या । तपाईंले मलाई यसरी नराम्रो बनाउनु पर्दैन बुझ्नुभो ? औला ठड्याएरै भन्छु, साँच्चीकै तपाईंको किड्नी किन्ने औकात बनाएको छु बुझ्नु भो ?’

एलिनाले अमेरिकाबाट कला नेपाल फर्किनुको पनि बेलिबिस्तार लगाएकी छन् । कला आफ्नो रोग लुकाएर अमेरिका गएको उनको आरोप छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।