बुद्ध एयरको जहाज रनवेबाट चिप्लिँदा केही यात्रु सामान्य घाइते

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर भएको दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। चालक दलका सदस्य तथा यात्रु सबैको उद्धार भइसकेको र केही सामान्य घाइते भएकाले उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले बताए ।
काठमाडौंबाट आएको जहाज अवतरणको क्रममा रनवेबाट चिप्लिएको हो। बेलुका ९ बजेर ७ मिनेटको समयमा विमान चिप्लिएको प्रहरीले जनाएको छ। विमान रनवेबाट करिब दुई सय मिटर चिप्लिएर खोल्सीमा पुगेको थियो। विमानको अघिल्लो भागमा क्षति पुगेको छ ।

बुद्ध एयरले सूचना जारी गरी ५१ यात्रु सबै सुरक्षित रहेको र काठमाडौंबाट अर्काे जहाा टेक्निकट एवम् रिलिफ टिम पठाइएको जानकारी दिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
