रिसाएकी श्रीमतीलाई हान्न बन्दुक बोकेर पुगेका दिलबहादुरले नभेटेपछि आफैलाई हाने गोली

रुपन्देही । रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ त्रिवेणी गाउँमा पसल सञ्चालन गर्दै आएकी श्रीमति जमुना वलीलाई बन्दुक लिएर हान्न गएका दिलकुमार डाँगीले उनलाई नभेटेपछि आफैलाई गोली हानेर पल्टिएका छन् ।
दिलबहादुरकी श्रीमति जमुना श्रीमानसँग केही समययता विवाद बढ्दै गएकाले घरदेखि अलिकति टाढा बसेर नास्ता पसल संचालन गर्दै आएकी थिइन् ।

बिहीबार राती पनि श्रीमान दिलकुमारले बन्दुक बोकेर हान्नका लागि पहिले सूचना पाएकी उनी त्यहाँबाट भागेकाले बचेको स्थानीयले जनाएका छन् ।
घरमा श्रीमानले मदिरा सेवन गर्दै झगडा गर्ने र पटक पटक मार्ने धम्की दिएकाले जमुना दुई छोराहरु लिएर बाहिरै बसेर व्यवसाय संचालन गरेकी थिइन् । यसअघि पनि पटक पटक दिलकुमारले श्रीमतिलाई गाली गर्ने र मार्ने धम्की दिएको छिमेकीहरुलाई बताएकी थिइन् ।
परिवर्तन गाउँपालिका वडा नं ५ का वडाध्यक्ष दिलबहादुर वलीले दिलकुमार डाँगीले श्रीमतिलाई धेरै पटक दुःख दिएको विषयमा आफूहरु जानकार भएकाले सम्झाएर पनि नसकिएको जनाएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै उनले बिहीबार पनि उनले मार्ने योजनामै बन्दुक लिएर आएको श्रीमतिले बताएकाले यो आशंका बलियो देखिएको जनाएका छन् । ‘दिलबहादुरका कारण आफू समस्यामा परेको भन्दै श्रीमतिले अलग्यै बसेर पसल संचालन गरेकी थिइन्, त्यसपछि पनि पटक पटक झगडा भइरहेका हुन्थे रे, हिजो राती पनि उनले प्रहरीलाई बन्दुक लिएर मार्न आउने पहिले भनेको विषय प्रहरीमा सूचना रहेछ, त्यहाँ आउँदा श्रीमति नभेटेपछि आफैलाई गोली हानेका रहेछन्’ वडाध्यक्ष वलीले भने ।
३६ वर्षीय दिलकुमारको घरमा पहिलेबाटै नै भरुवा बन्दुक रहेको र बिहीबार राति त्यहीँ भरुवा बन्दुक प्रयोग गरी आफ्नो दाहिने कुमको भागमा गोली हानेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाअघि डाँगीकी श्रीमती जमुनाले आफ्ना श्रीमानले बन्दुकले हानेर “मारिदिन्छु” भनी धम्की दिएको बताउँदै घरबाट भागी टेलिफोनमार्फत अस्थायी प्रहरी पोष्ट पुत्लाचौरमा खबर गरेकी थिइन् ।
सूचनापछि प्रहरी टोली राती १२ बजे नै घटनास्थलतर्फ पठाएपनि उनले आफूलाई गोली हानेर पल्टेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र विश्वकर्माले जनाए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
