भ्रष्टाचार

नगरपालिकाको भवन निर्माणमा अनियमितता आरोपमा मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नगरपालिकाको प्रशासकीय भवन निर्माणमा तीन करोड २७ लाख ७८ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसमा संलग्न मेयर, प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बाजुराको बुढीगंगा नगरपालिकामा दुई वर्षअघि सम्पन्न भएको प्रशासकीय भवन निर्माणमा भ्रष्टाचार भएको अख्तियारको दाबी छ। 

ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) दीपकविक्रम शाहलाई प्रमुख प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको छ । मेयर शाहसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, तत्कालीन अधिकृत छैटाैँ नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती र तत्कालीन सब–इन्जिनियर गणेशराज रेग्मीलाई जनही तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ । त्यस्तै, नगरपालिकाकै तत्कालीन लेखापाल नवराज जोशी र खरिदार श्याम बहादुर खत्रीलाई संयुक्त रुपमा तीन करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो अख्तियारले कायम गरेको छ। नगरपालिकाका तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब-इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक वसन्तबहादुर थापाउपर पनि तीन करोड २७ लाख ७८ हजार रुपैयाँको संयुक्त बिगो छ । ठेकेदार कम्पनी जाग्रिती/एमके/नेपाल जेभी, त्यसका सञ्चालक पुष्कर रोकाया र कम्पनीका आधिकारीक प्रतिनिधि सुरतबहादुर साहविरुद्ध पनि तीन करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो छ । 

बिज्ञापन

आर्थिक वर्ष ०७८-७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत प्रशासकीय भवन निर्माणमा तीन करोड बजेट विनियोजन भएको थियो । भवनका लागि परिमार्जित लागत अनुमान १२ करोड २४ लाख ८१ हजारसहितको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरिएको थियो । त्यसैअनुसार ३० असार ०७८ मा भवन निर्माणको टेन्डर सूचना जारी गरेर बोलपत्र मूल्यांकन समितिको सिफारिसका आधारमा जाग्रिति/एमके/नेपाल जेभीलाई छनोट गरिएको थियो । नगरपालिका र ठेकेदार जाग्रितीबिच २४ असोज ०७८ मा नौ करोड ९४ लाख ५१ हजार ३६९ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।