घरको छत खस्दा पाकिस्तानमा ६ जनाको मृ,त्यु

काठमाडौं । पाकिस्तानको उत्तरी पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा शनिबार बिहान घरको छत खस्दा छ जना व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
अधिकांश मृत्यु भएका व्यक्ति बच्चा हुन् ।

राज्य सञ्चालित रेस्क्यु ११२२ का अनुसार, यो घटना चर्सड्डा जिल्लाको शाबकदार क्षेत्रमा बिहान करिब ४ बजे घटेको थियो । छत खस्दा त्यहाँका महिला र बच्चाहरू फसेका थिए ।
प्रान्तका प्रवक्ता बिलाल अहमद फाइजीले सिन्ह्वासँग कुराकानी गर्दै भने, ‘घर माटोबाट बनाइएको थियो र वर्षाका कारण कमजोर भएको थियो ।‘
घाइतेलाई प्राथमिक उपचार दिइएको र नजिकैको अस्पतालमा सारिएको बताइएको छ ।
मृतकमा दुई देखि १४ वर्षका बच्चाहरू र २५ वर्षीया महिला छन् । घाइते हुनेहरु समेत महिला र बालबालिका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
