राष्ट्रिय समाचार

निर्वाचन प्रहरीसम्बन्धी मापदण्ड स्वीकृत, एक साताभित्रै भर्ना खोल्ने तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्ना तथा परिचालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ। गृहसचिव राजकुमार श्रेष्ठले सोमबार मापदण्ड स्वीकृत गरेका हुन्। मापदण्ड स्वीकृत भएसँगै भर्ना खोल्ने तयारी भएको छ। 

सरकारले नेपाल प्रहरीमार्फत एक लाख ३३ हजार ९९० र सशस्त्र प्रहरीमार्फत १९ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्न स्वीकृत दिएको छ। दुवै प्रहरीमातहत यो वर्ष एक लाख ४९ हजार ९० म्यादी परिचालन हुनेछन्। अघिल्लो वर्षभन्दा मतदाता थपिएको तथा सुरक्षा चुनौती पनि बढी भएको आधारमा निर्वाचन प्रहरीको संख्या बढाइएको हो। 

बिज्ञापन

अर्थ मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि बजेट विनियोजन गरिसकेको छ। एउटै विज्ञापनका आधारमा भर्ना खोलिने र रोजाइअनुसार दुई निकायमा खटाउने तयारी छ। 
सशस्त्र प्रहरी मातहत खटिनेको तालिम र पोसाक फरक हुनेछ। सुविधा भने बराबर पाउनेछन्। 

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। ११ माघदेखि तालिममा पठाउनुपर्ने भएकाले त्यसअघि नै छनोट प्रक्रिया सक्ने गरी भर्ना प्रक्रिया अघि बढाउन लागिएको हो। एक साताभित्रै भर्नाको विज्ञापन गरिने उच्च प्रहरी अधिकारीले बताए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।