२ पटकभन्दा बढी कोही प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ : विश्वप्रकाश शर्मा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गरेर अघि बढ्ने बताएका छन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाउँदा पनि जनतामा विश्वास जगाउन नसकेको स्वीकारे ।
बिज्ञापन

उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बनाउँदा पनि प्रधानमन्त्री बन्नेहरूलाई सन्तुष्टि मिल्यो होला । नागरिकलाई लागेन ।’
उनले आवश्यकताअनुसार नीति परिवर्तन गरेर जनताको असन्तुष्टिलाई छलफल गरेर सङ्कल्प गर्ने बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
