राष्ट्रिय निर्वाचन

बालेन शाह विरुद्ध निर्वाचन आयोगमा उजुरी ..

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार धर्मराज तिमिल्सिनाले शाहविरुद्ध निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै उजुरी दर्ता गराएका हुन्।

उजुरीमा सामाजिक सञ्जालमार्फत बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’, ‘देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, भ्रामक र मानहानिकारक आरोप भएको उल्लेख गरिएको छ। यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने र वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने खतरा रहेको निवेदनमा दाबी गरिएको छ।

बिज्ञापन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा बालेन शाहले दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा उल्लेख छ। साथै निर्वाचन अवधिमा भ्रामक सूचना र घृणात्मक अभिव्यक्ति प्रयोग गरी मतदातालाई प्रभावित पार्न नपाइने संवैधानिक व्यवस्था स्मरण गराउँदै आयोगलाई आवश्यक छानबिन र कारबाहीको माग गरिएको छ।

उजुरीमा महोत्तरीलगायत केही क्षेत्रमा रास्वपाले चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै यस कार्यलाई पनि निर्वाचन आचारसंहिता विपरीत ठहर गर्दै छानबिन र कारबाहीको माग गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।