राष्ट्रिय निर्वाचन

प्रतिनिधिसभामा प्रत्यक्षबाट १४ महिला विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १३ जना र नेपाली कांग्रेसबाट एकजना महिला प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यसपटक निर्वाचित महिलामध्ये सातजना ४० वर्षमुनिका युवा नेतृ हुन्, जसले संसद्मा नयाँ पुस्ताको उपस्थिति बलियो बनाएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फ तीन हजार ४०६ उम्मेदवारमध्ये ३९५ जना महिला थिए । यो कुल उम्मेदवारको करिब ११ प्रतिशत हो । प्रत्यक्षतर्फ विजयी हुने महिलाको हिस्सा करिब आठ प्रतिशत पुगेको छ ।

रास्वपाबाट इन्दिरा रानामगर, डा. तोसिमा कार्की, सोविता गौतम, निशा डाँगी, रञ्जु न्यौपाने, रुबिना आचार्य, बिना गुरुङ, कोमल ज्ञवाली, आशा झा, नीतिमा भण्डारी कार्की, आसिका तामाङ, गौरीकुमारी र पुष्पाकुमारी चौधरी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट दैलेख-१ मा बासना थापा विजयी हुनुभएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।