अर्थ

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ: मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ । 

बिज्ञापन

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।