आस्था /आध्यात्म

सुर्खेतमा प्रादेशिक नारी सन्त समागम विशाल रुपमा सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ज्ञान प्रचारक डा. रिटा यादवद्वारा सेवा, समर्पण र आत्ममन्थनको सन्देश

तेज बोहरा……..

बिज्ञापन

बीरेन्द्रनगर, १४ चैत्र । सुर्खेतमा नारी सन्त समागम विशाल रुपमा सम्पन्न भएको छ ।

सुर्खेतको बीरेन्द्रनगरमा आयोजित प्रादेशिक नारी सन्त समागममा आएका सन्त–भक्तहरुलाई सम्बोधन गर्दै उत्तर प्रदेशको आजमगढबाट आउनुभएकी ज्ञान प्रचारक आदरणीय महात्मा डा. रिटा यादवले मानव भइसकेपछि आफूले कमाएको केही अंश समाजको भलाइको रुपमा सेवा कार्यलाई निरन्तरता दिनुपर्दछ । सेवा गर्ने आदेश आउँदा साथ कत्तिपनि मनलाई विचलित नपारी बढीभन्दा बढी सेवा गर्ने बानीको विकास गर्नुपर्दछ । यदि हामी तन, मन, धनले सेवा गर्छौं भने हामी जीवनमा सुखी आनन्दित भएर बाँच्न सक्छौ । भनिन्छ हामीले जे बुन्छौँ, त्यसको फल हामीलाई प्राप्त हुन्छ । त्यस्तै प्रकार यदि हामी सेवामा अधिकभन्दा अधिक तत्पर रहन्छौ भने त्यसको फल मिठो नै प्राप्त हुन्छ । तन, मन, धनले कमाएको सम्पत्तिलाई यदि हामी सत्गुरुको सेवामा समर्पित गर्छौं भने धनको बढोत्तरी हुन जान्छ । हामी तन, मन, धनबाट सुखी हुन्छौ । सेवामा यदि माया लगाउँछु भने माया नै पाइनेछ, तनले सेवा गर्नेछ भने तन सुखी हुनेछ, मनबाट गुरुको सेवा गर्छौं भने मन भक्तिमा लागि रहन्छ । सबै मानव प्राणीहरुलाई माया, प्रेम, सत्कार गर्नु गुरसिकको गहना हो, उहाँले बताउनुभयो ।

सत्गुरुको दर्शन गर्न हामी सधैँ समर्थ हुँदैनौं तर सतगुरुले आफ्ना प्रिय गुरसिकलाई त्यो शक्ति प्रदान गरेको हुन्छ कि जुन शक्ति सत्गुरुमा निहित छ, त्यही उसका गुरसिखमा निहित भएकोले गुरसिकहरु एकअर्काको दर्शन गरेर आशीर्वाद प्राप्त गरुन् । सत्गुरुले भनेका छन् कि मेरो दर्शन गर्न चाहन्छ भने मेरो गुरसिखको चरणमा आफूलाई समर्पित गर, त्यसबाट तिमीलाई मबाट पाइने सुख पाउन सक्छौ । सन्तसँग उठ्दा, बस्दा सत्गुरुको प्यार प्राप्त हुन्छ, उहाँले प्रष्ट पार्नुभयो ।

हाँले भन्नुभयोकि मानव योनि अत्यन्त दुर्लभ रहेको छ । यदि यस योनिमा पनि हामीले सत्गुरुबाट ब्रम्हज्ञान प्राप्त गरेर परमात्माको दर्शन गर्न सकेनौ भने यो मानव चोला पाएको व्यर्थ हुन जानेछ र हामी पुनः ८४ लाख योनिमा भड्कि रहनेछौं । गौतम बुद्धको समयमा अंगुलीमाल भन्ने एक व्यक्ति थियो, जसको नजिक कोही पनि जान सक्दैनथ्यो । किनकि उसले मान्छेहरुका औंलाहरु काटेर आफ्नो घाटीमा माला बनाउने गथ्र्यो । जो पनि त्यो भएको बाटो भएर जाने गथ्र्यो, त्यसको औंलाहरु काटेर आफ्नो गलामा लगाउथ्यो र अन्तिममा हत्या गरेर फाल्ने गथ्र्यो । एक समय भगवान गौतम बुद्ध पनि त्यसैको बाटो भएर गइरहेका थिए, तब त्यस औँली वालले भन्यो कि रुक, तब गौतम बुद्धले भन्नुभयो म त रोकेकै छु, अब तिमी रुक, कहिलेसम्म मान्छेहरुका औंला काटेर आफ्नो गलामा लगाउँदै रहनेछ । अब त्यो कार्यलाई यही रोक तब औलीमालले सोच्यो यस्तो भन्ने व्यक्ति को होला ? अहिलेसम्म यस प्रकारको प्रश्न त कसैले गरेको थिएन, गौतम बुद्धले भने म हुँ । जाउँ तिमी आफ्नो परिवारसँग यस्तो कार्यमा कसले साथ दिने छ भनेर सोध भन्दा तब उनी आफ्नो परिवार कहाँ गएर सोधे कि अब मलाई यस कार्यमा कसले सघाउनेछ तब परिवारका सदस्यहरुले भने तिम्रो कार्य तिमी नै जान । यस कार्यको पाप जो तिमीले गरिरहेका छौं, त्यो तिमी नै जान । अन्त्यमा औलीमाल भगवान बुद्धको शरणमा आए । भगवान बुद्धले उनलाई नजिक रहेको रुखबाट एउटा पात टिपेर ल्याउन भने र पछि त्यही पातलाई जहाँ टिपेका थियौं, त्यही जोड्न भने । यो सुनेर औलीमाल अचम्मित पड्दै भने यो टिपेको पात पुनः त्यसै ठाउँमा कसरी लाग्न सक्छ ? तब भगवान गौतम बुद्ध भन्नुहुन्छ, ‘यो मानव चोला पनि एक पटक पाइसकेपछि बारबार पाइँदैन, यसलाई त्यसै कौडीको मोलमा व्यातित गर्नुहुँदैन ।’ यसरी सत्गुरुले संसारका मानवहरुलाई यो मानव चोला पाएको सार्थक गर्दै अगाडि बढ्न प्रेरित गरिरहनु भएको छ । सबै प्रकारका मर्यादाहरुमा रहेर हामीले आफ्नो भूमिका निभाउँदै सबैसँग प्रेम–सत्कारको भावना दर्शाउँदै सबैको प्रिय बन्दै जीवन बिताउनु छ । जस्तोसुकै परस्थिति भएपनि हामीले एउटै स्थिति बनाउनु छ । सत्गुरुको छत्रछायामा मनलाई सधैं स्थिर बनाउनु छ, उहाँले सम्झाउनुभयो ।

उहाँले प्रेमको भाषा कुनै एक ठाउँको भाषा नभएर यस भाषालाई प्रत्येक देशका मानव बुझ्ने गर्दछन् । यहाँ पनि सत्संगमा अनेकौं भाषाहरुद्वारा सत्गुरुको यसोगान गरियो । यसबाट सबैले आनन्द लिए । हामीले घर गृहस्थीमा बसेर सत्गुरुको वचनलाई पालन गर्दै केवल सन्देश वाहक मात्र नबनेर त्यसलाई आफ्नो कर्म क्षेत्रमा पनि दर्शाउन सकौं । त्यसबाट हाम्रो जीवन सुन्दर बन्नेछ, उहाँले बताउनुुभयो ।

हामीले आफ्नो जीवनमा सहनशीलता, धैर्यता जस्ता गुणहरुलाई अपनाउनु पर्दछ । कसैको गल्तीलाई हामीले मनमा नराखेर त्यसै समय क्षमा गर्नुपर्दछ । कसैसँग रिस–राग राखेर जीवन व्यतित गर्नु हुँदैन । यदि हामी कसैको रिस–रागलाई मनमा राखेर जीवन जिउँछौ भने मनमा विकारका तत्वहरुले आफ्नो बास बनाउनेछन् । जसले हाम्रो जीवनलाई सुमार्गमा नल्याएर अधोगतितिर लिएर जानेछ । धर्मको पनि लक्षण रहेका छन् कि धैर्य संयम, समदृष्टि आदि सन्तका गहना हुन् । सन्तहरु यसको गहना लगाएर हिँड्ने गर्दछन् । उनीहरु कसैले गल्ती गरिहाल्यो भने पनि हृदयबाट नै क्षमा गर्दछन् । यदि इष्र्यालाई मनमा लिएर अगाडि बढ्छौं भने यसले जीवनलाई बर्बाद गर्दछ । वा बाहिरी रुपबाट मात्र क्षमा गर्छौं तर भित्रबाट क्षमा गर्दैन भने यसले हामीलाई विनाशतिर धकेल्ने गर्दछ । मनको लगामलाई सत्गुरुको हातमा सुम्पिन्छौं भने हाम्रो मन विचलित नभएर सधैँ राम्रो कार्यमा अगाडि बढ्नेछ । जसबाट हामीले गरेका कुनै पनि कार्य रोकिने छैनन्, ती कार्य सुन्दर हुँदै जानेछन् । जस्तै कुनै घोडाको लगामलाई घोडामा बसेको मान्छेले समातेको छैन भने त्यो घोडा कहाँ लिएर जानेछ, कुन खाडलमा खसाउने छ, कतिखेर चोट पुर्याउनेछ ्थाहा हुँदैन । यदि घोडामा बसेको मान्छेले लगाम राम्रोसँग समातेको छ र घोडामा बस्न जानेको छ भने त्यसले घोडालाई कन्ट्रोल गरेर आफ्नो गन्तव्यमा आरामका साथ पुग्न सक्दछ । त्यस्तै प्रकार सत्गुरुको वचनमाथि हिँड्नेहरूको जीवन सुन्दर भएको हामी पाउँछौं । उनीहरुको जीवनमा कहिल्यै दुःखष्ट नआएको हामी भेटाउँछ । त्यसैले आफूलाई हर कार्यमा सत्गुरुको वचनमा अडिक रहेर जीवनलाई अगाडि डो¥याउनु छ, उहाँले सम्झाउनुभयो ।

सत्गुरुको हामीमाथि दयादृष्टि भएकोले आज हामीले ब्रम्हज्ञानलाई प्राप्त गर्न सक्षम भएका छौं । ब्रम्हज्ञान लिएर मात्र हुँदैन, यसमाथि आफ्नो कर्मलाई चलाउनु त्यति नै महत्वपूर्ण हुन्छ । हामीलाई ज्ञान दिँदा पाँच प्रणलाई ध्यानमा राखेर अगाडि बढ्नु भन्ने आदेश आएको थियो । त्यसमा पनि जुन तेस्रो प्रण रहेको छ, कसैको खानपान रहनसहन माथि हामीले घृणा गर्नु हुँदैन, यसलाई लिएर दुव्र्यवहार पनि गर्नु हुँदैन । कसैलाई घृणाको दृष्टिकोणले नहेरेर सबैप्रति प्रेम–सत्कारको भावनाले हेर्नु पर्दछ । सत्गुरु माता जीले पनि हामीलाई आत्ममन्थन गर्नु भन्नुभएको छ । आत्म मन्थनमा पनि जुन तेस्रो प्रण रहेको छ, त्यसलाई के वास्तवमै हामीले आफ्नो जीवनमा अंगालेर अगाडि बढेका छौं कि छैन भन्ने कुरामा आत्म मन्थन गर्नु अत्यन्त जरुरी रहेको उहाँले प्रकाश पार्नुभयो ।

सबै मानव प्राणीको हृदयमा परमात्माको रुपलाई देखेर कसैको पनि बाहिरी बनावटलाई लिएर घृणा अपमान तिरस्कार जस्ता गैर मानवीय क्रियाकलापहरु गरेर उनीहरुलाई चोट पु¥याउनु हुँदैन । यो सत्गुरुको महत्वपूर्ण आदेश रहेको छ । शरीर भिन्न–भिन्न भएपनि वा अनेक रुपमा भएपनि त्यसभित्र आत्माले बास गरेको हुन्छ । आत्मा सबैको एउटै हुन्छ । आत्मा परमात्माको अंश हो । त्यसैले सबैको भित्र एउटै आत्मा परमात्माको अंश सम्झेर उनीहरुसँग प्रेम भावको व्यवहार गर्नुपर्दछ, उहाँले बताउनुभयो ।

नेपालमा आएपछि पहिलो पटक कैलालीको सडकपुर बौनियामा विशाल रुपमा समागमको आयोजन भएर आफू निकै खुसी भएको बताउँदै त्यसैको साँझ सुर्खेतको लागि रवाना हुँदा बाटोमा प्राकृतिक पहाडी दृश्यहरुको अवलोकन गर्दै मनलाई निकै आनन्दित तुल्याएको बताउँदै सुर्खेतका सन्त भक्तहरुको पनि दर्शन गरेर आफू कृतार्थ भएको उहाँले खुशी व्यक्त गर्नुभयो ।
सत्गुरु बाबा हरदेव सिंह जी महाराजले पनि नेपालमा सुरको खेती हुने गर्दछ । यहाँ सबैको आवाज सुरिलो रहेको छ । यहाँका भक्तहरुमा अपार माया, प्रेम, सेवा, सत्कारको भावना जागृत भएको हामी देख्न पाउँछौं बाबा जी बताउनु हुन्थ्यो, आज त्यो साकार भएको आफूले पाएको उहाँले बताउनुभयो ।

उनले भगवान श्रीरामको कुरालाई स्पष्टलाई गर्दै भन्नुभयो कि जब आफ्ना भाइ लक्ष्मणलाई बाण लागेको थियो, तब उनले कुनै भ्रम भुलेखामा नपरेर कुनै तान्त्रिक, जब–तपमा नपरेर आफ्ना परमा प्रिय भक्त हनुमानलाई बोलाउनुभयो । भगवान श्रीरामले चाहको भए आफ्ना भाइ लक्ष्मणको घाउलाई सन्चो गर्न सक्नुहुन्थ्यो तर उनी एक मर्यादा पुरुषोत्तममा रहेर मर्यादाको पालन गर्दै उनले भक्त हनुमानलाई बोलाउनुभयो र भन्नुभयो कि हनुमानलाई पहाडबाट सञ्जीवनी बुटी लिएर आउन भने जसबाट भए लक्ष्मणलाई जीवनदान मिल्नेछ । हनुमान पहाडमा जाँदा उनले जडीबुटीलाई चिन्न सकेनन् र पुरै पहाड नै उठाएर भगवान रामको चरणमा समर्पित गरे । त्यसबाट वैद्यले जडीबुटीको खोज गरेर रस निकाल्नुभयो र लक्ष्मणलाई पिलाउनुभयो, जसबाट लक्ष्मण सन्चो मानेर उठेर बसे । यसरी उनलाई जीवनदान प्राप्त हुन्छ । हामी पनि आफूलाई अवलोकन गरौँ कि अहिले हामी कहाँ छौ कुन प्रकारको भ्रममा बाँचिरहेका छौँ, जसबाट हामीलाई अल्झाएर राखेको छ । आज सत्गुरु यस धर्तीमा अवतरित भएर सन्देश दिइराख्नुभएको छ कि हामी सबै यी भ्रमहरुबाट माथि उठेर आफ्नो जीवनलाई चलाउँ । भक्तले सधैँ कुनै पनि आपतविपतमा सत्गुरुको सहारा लिने गर्दछ र त्यसै अनुसार आफ्नो जीवनलाई डोर्याउने गर्दछ । स्वासहरुको आउनु–जानु नै जीवन हो । यस जीवनमा हामी कुन भ्रममा परेका छौँ, त्यो आत्ममथनको कुरा हो । जहाँ सन्त समागम हरिक कथा दुर्लभ रहेको छ । नारीहरुलाई घरमा कैद गरेर घरकै काममा व्यस्त राख्ने प्रचलनको विकास भयो तर आज आएर नारीकै रुपमा सत्गुरुको दर्शन गर्न पाइरहेका छौं, यो हाम्रो लागि ठूलो भाग्य हो, उहाँले बताउनुभयो ।

आज संसारमा महिला कुनै पनि क्षेत्रमा पुरुषभन्दा कम नरहेको महिलाले जुनसुकै क्षेत्रमा आफ्नो कार्य दक्षतालाई प्रदर्शित गरेको हामी पाउँछौं । चाहे महिलाले प्लेन चलाउनुहोस्, चाहे घरको काम गर्नुहोस्, सबै कार्यमा महिला निपूर्ण रहेको छ । कुनै पनि कार्य उसको लागि नौलो रहेको छैन । अन्तरिक्ष जस्तो ठाउँमा पनि पुगेर नारीले आफ्नो साहसको अद्भुत उदाहरण पेश गरेको हामी पाउँछौं । यसरी हर कार्यमा नारीले आफ्ना पाइलाहरुलाई द्रुत गतिमा अगाडि बढाइरहेको छ । पुरुषले पनि नारीको काँधमा काँध मिलाई सबै कार्यमा सहयोग पु¥याइरहेको छ । निरंकारी मिसनले पनि नारीहरुलाई सबै कार्यहरुमा सहकार्य गर्दै अगाडि बढाएको छ, उहाँले बताउनुभयो ।

जब–जब संसारमा धर्मको गलानी हुन्छ, तब–तब पापीहरुको नाश गर्न भक्तहरुको उद्धार गर्नको लागि यस संसारमा निराकार अवतरित हुने गर्दछ । सत्गुरु माता जीले एउटा उदाहरण दिदै भन्नुभयो कि कुनै बच्चाहरुलाई एउटा कार्य गर्न भनियो, जसमा सबैलाई एउटा कोठामा राखेर तिनीहरुको आँखा बन्द गर्न भनियो, जब आँखा बन्द गर्ने समय सुरु भयो, तब एक बच्चाले भन्छ कि तिम्रो आँखा खुलेको छ त्यसपछि अर्को बच्चाले पनि भन्छ कि तिमीहरुको आँखा पनि खुलेका छन् । यसरी दुई मिनेटभित्र सबै बच्चाहरुका आँखा खुल्न गए तर एक बच्चाले भने आँखा बन्द गरेको थियो तब उसले भन्यो कि तिमीहरु सबैले आँखा खोलेका छौ भने म पनि आँखा खोल्छु । हामी पनि आफ्नो अवलोकन गरौँ कि हामीले गुरुको वचनलाई कति मानिरहेका छौँ ? कति त्यसलाई पालन गरिरहेका छौ ? कतै हामी सत्गुरुले भन्दा पहिले अरुको निन्दा–चुग्लीमा समय बिताएर गुरुले दिएको समय बर्बाद त गरिरहेका छैनौं, यहाँनिर आफ्नो आत्मा मन्थन गर्नु जरुरी छ, उहाँले सम्झाउनुभयो ।

अन्तमा उहाँले सत्गुरुले आज हामीलाई यस निरंकारसँग जोडेर हाम्रो जीवनको उद्धार गरी राख्नुभएको छ । गुरुले भनेका शब्दहरुलाई हामीले कति जीवनमा पालन गर्यौ, त्यसमाथि विचार पुर्याउनु जरुरी छ । एउटा कमलको फूल हिलोमा भएपनि आनन्दले फुलिरहेको हुन्छ । त्यसलाई हिलोसँग कुनै सम्बन्ध हुँदैन । त्यस्तै प्रकार हामी पनि संसारमा रहेर त्यहाँको भौतिक आनन्दमा रुमल्लिएर जीवन नबिताएर यस निराकार परमपिता परमात्माको बाटोमा आफ्नो जीवनलाई अगाडि बढाउँदै आफू सुखी र अरुलाई पनि सुखी तुल्याउँदै जीवन बिताउनु छ । एउटा गुरसिक संसारमा भएको उतार–चढाव दुःख–सुखभन्दा माथि उठेर आफ्नो मनलाई स्थिर गर्दै जीवन बिताउने गर्दछ । आफूले आफैंलाई गुरुको चरणमा समर्पित गर्नु नै एक सच्चा भक्ति हो । यसबाट नै जीवन आनन्दित हुन्छ, उहाँले बताउनुभयो ।

आशाजीबाट हरदेव वाणी सुरु गरिएको उक्त सत्संग कार्यक्रममा विभिन्न जिल्लाबाट आएका सन्तभक्तहरु आशा जी, रविकला एवं साथी, रिता कँडेल, यमु एवं साथी, दिलमाया एवं साथी, बिमला रिमाल एवं साथी, नेहा एवं साथी, निर्मला एवं साथी, सिर्जना एवं साथी, त्रृmस एवं साथी, दिलमाया, दिपा एवं साथी, सपना एवं साथी, सीता एवं साथी, तिला देवी ज्ञवाली, रिता बराल, पशुपति योगी, लक्ष्मी शाही हरिदेवी राणा, कमला न्यौपाने, चन्द्रागिरी आदिले भजन, प्रवचन र कविता पाठ गरेर आफ्नो मनको भाव सत्गुरु प्रति समर्पित गरेका थिए भने सत्संगको कार्यक्रम नविना रेग्मीले सञ्चालन गर्नुभएको थियो ।
बीरेन्द्रनगर सत्संग भवनका मुखी लीलाराम पुरीले प्रादेशिक नारी सन्त समागममा आएका सम्पूर्ण महिला सन्त–भक्तहरुप्रति आभार व्यक्त गर्दै समागममा आ–आफ्नो ठाउँबाट मद्दत पु¥र्याउने सम्पूर्ण संघ–संस्था, व्यक्तिहरुलाई सत्संग भवन सुर्खेतको तर्फबाट धन्यवाद दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।