महेश बस्नेतलाई पक्राउ गर्ने तयारी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने तयारी गरिएको छ ।
बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक आइतबार सरकारी वकिलको कार्यालय पुगेकी थिइन् । उनले बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै पक्राउ गर्न माग गरेकी हुन् ।

यसअघि पनि बस्नेतलाई अराजक गतिविधिमा संलग्न रहेको आरोपमा निगरानीमा राखिएको सरकारी स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले अहिले सडक आन्दोलनमा रहेको छ । सोही क्रममा बस्नेतलाई पक्राउ गर्ने तयारी भइरहेको नेपाल प्रहरी स्रोतको दाबी छ ।
प्रहरीले उनलाई नियन्त्रणमा लिन सादा पोशाकमा प्रहरी परिचालन गरिसकेको समेत बताइएको छ ।
यता, बस्नेतका स्वकीय सचिव दिनेश थापाले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । उनले बस्नेत हाल काठमाडौंमै रहेको र पक्राउ गर्नुपर्ने कुनै आधार नभएको प्रतिक्रिया दिएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
