भारतबाट फर्केर परराष्ट्रमन्त्री भन्छन्- अबका केही महिनामा दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनेछन्
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल दुई दिने भारत भ्रमणबाट फर्किएका छन् । उनले दुई वर्षदेखि द्वीपक्षीय भ्रमणहरू रोकिएकोमा अब त्यो खुलेको बताए ।
लोक कल्याणकारी विज्ञापन

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले द्वीपक्षीय उच्चस्तरीय भ्रमणहरू खुलेको बताएका हुन् । अबका केही महिनामा दुवै देशका तर्फबाट उच्चस्तरीय भ्रमण हुनसक्ने उनले संकेत गरे ।
लोक कल्याणकारी विज्ञापन

खनालले भने, ‘दुई देशबीच औपचारिक उच्चस्तरीय भ्रमणहरू नभएको झण्डै दुई वर्ष भइसकेको थियो । मेरो भ्रमणमार्फत उच्चस्तरीय औपचारिक भ्रमणको सुरुवात भएको छ । अबका केही महिनाहरूमा यताबाट पनि उताबाट पनि उच्चस्तरीय भ्रमणहरूको अपेक्षा राख्न सक्छौँ ।’
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

