भारतबाट फर्केर परराष्ट्रमन्त्री भन्छन्- अबका केही महिनामा दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनेछन्

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल दुई दिने भारत भ्रमणबाट फर्किएका छन् । उनले दुई वर्षदेखि द्वीपक्षीय भ्रमणहरू रोकिएकोमा अब त्यो खुलेको बताए ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले द्वीपक्षीय उच्चस्तरीय भ्रमणहरू खुलेको बताएका हुन् । अबका केही महिनामा दुवै देशका तर्फबाट उच्चस्तरीय भ्रमण हुनसक्ने उनले संकेत गरे ।

खनालले भने, ‘दुई देशबीच औपचारिक उच्चस्तरीय भ्रमणहरू नभएको झण्डै दुई वर्ष भइसकेको थियो । मेरो भ्रमणमार्फत उच्चस्तरीय औपचारिक भ्रमणको सुरुवात भएको छ । अबका केही महिनाहरूमा यताबाट पनि उताबाट पनि उच्चस्तरीय भ्रमणहरूको अपेक्षा राख्न सक्छौँ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
