राजापुर ओखरीया इन्टेकमा डुबेर बेपत्ता भएका नारायण चौधरी मृत फेला

बर्दिया । ओखरीया इन्टेकस्थित कर्णाली नदीमा अस्थायी बाँध निर्माणका क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।
राजापुर नगरपालिका–४ शान्तिपुर निवासी नारायण चौधरी शनिबार जनश्रमदानका क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। उनको शव घटनास्थल नजिकै आइतबार दिउँसो करिब ३:३० बजे फेला परेको प्रहरीले जनाएको छ।

शव फेला परेपछि प्रहरीले आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि राजापुर पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
जनश्रमदानका क्रममा भएको यस दुःखद घटनाले स्थानीयवासी तथा श्रमदानमा सहभागीहरूलाई स्तब्ध बनाएको छ। चौधरीको निधनप्रति स्थानीय तहका जनप्रतिनिधि, सर्वसाधारण तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
