घटना

गुजरातको भरुचमा रेलबाट खसेर दैलेखका युवा रेशम सार्कीको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भरुच (गुजरात), ६ जुलाई । रोजगारीका लागि भारत गएका दैलेखका एक युवाको रेलबाट खसेर मृत्यु भएको छ।

दैलेखको दुल्लु नगरपालिका–७, माथिल्लो रोकाबाडा निवासी जिन्तु सार्की र खजुरा सार्कीका छोरा रेशम सार्कीको भारतको गुजरात राज्यस्थित भरूच रेलवे स्टेशन नजिक रेलबाट खसेर दुःखद निधन भएको हो।

बिज्ञापन

पारिवारिक स्रोतका अनुसार रेशम रोजगारीका सिलसिलामा गुजरातको जामनगरमा कार्यरत थिए। बिदाको दिन साथीहरूसँग घुम्न गएर फर्किने क्रममा भएको दुर्घटनामा उनको ज्यान गएको बताइएको छ।

घटनापछि स्थानीय नेपाली समुदाय तथा सम्बन्धित निकायको समन्वयमा उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।

युवा अवस्थामै रेशमको असामयिक निधन भएपछि परिवार शोकमा डुबेको छ। आर्थिक अवस्था सुधार्ने र परिवारको भविष्य उज्यालो बनाउने उद्देश्यले भारत गएका रेशमको निधनले गाउँभर नै शोकको वातावरण सिर्जना भएको छ।

यस घटनाले रोजगारीका लागि विदेश जाने नेपाली युवाले भोग्नुपर्ने जोखिम र उनीहरूका परिवारले व्यहोर्नुपर्ने पीडालाई पुनः उजागर गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।