घटना

कैलालीको जगतपुरमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जगतपुर । कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

लोक कल्याणकारी विज्ञापन

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–६, जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेका छन्।

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार पीडित किशोरीमाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बिहीबार डगौरालाई पक्राउ गरेको हो।

बिज्ञापन

घटनापछि पीडितको स्वास्थ्य परीक्षण तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। यससँगै घटनाको वास्तविकता खुलाउन आवश्यक प्रमाण संकलन, पीडित तथा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने लगायतका अनुसन्धानका काम भइरहेको बताइएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन