घटना

डडेल्धुरामा खाना पकाउने क्रममा आगलागी, करिब ३ लाखको क्षति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा खाना पकाउने क्रममा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

लोक कल्याणकारी विज्ञापन

शुक्रबार साँझ स्थानीय राजबहादुर रावलको काठ र जस्तापाताले बनेको दुईतले, दुई कोठे टहराको भान्सा कोठाबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

आगलागीका कारण नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोबाइललगायतका सामग्री जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ। घटनाबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

बिज्ञापन

स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन