घटना

छोराको भर्ना गराउन गएका अछामका मन्बिर बोहरा खोलाले बगाउँदा मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, १२ साउन । अछामको पञ्चदेवल विनायक नगरपालिका–९ का एक पुरुषको खोलाले बगाएर मृत्यु भएको छ। मृतक स्थानीय मन्बिर बोहरा रहेको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

प्राप्त जानकारीअनुसार बोहरा २०८३ साउन ८ गते आफ्नो छोराको विद्यालय भर्ना गराउन कालिकोटको नरहरिनाथ गाउँपालिका–६, माल्कोट गएका थिए। सोही क्रममा लाम्रा खोलाबाट पार हुने क्रममा उनी खोलाले बगाएका थिए।

लोक कल्याणकारी विज्ञापन

घटनापछि स्थानीय बासिन्दा, प्रहरी तथा सरोकारवाला निकायको संयुक्त टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो। लगातार तीन दिनसम्म खोजी गर्दा पनि उनी फेला पर्न सकेका थिएनन्।

बिज्ञापन

पछि २०८३ साउन १० गते घटनास्थल नजिकै रहेको लाम्रा खोला भित्र एक ढुंगाले छेकेको अवस्था बोहराको शव फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अकस्मात् भएको यस घटनाले मृतकको परिवार तथा स्थानीय समुदाय शोकमा डुबेको छ। वर्षायाममा नदी तथा खोलाको बहाव अत्यधिक हुने भएकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन