२२ लाख क्षतिपूर्ति दिने सहमतिपछि समानी चौधरीका परिवारले स्थगित गरे आन्दोलन

कञ्चनपुर, २२ साउन । उपचारका क्रममा ज्यान गुमाएकी कृष्णपुर नगरपालिका–१ की ५० वर्षीया समानी चौधरीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएपछि परिवारले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
चौधरीको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको थियो। उनको मृत्युको विषयलाई लिएर परिवार तथा आफन्तले उचित क्षतिपूर्ति र घटनाबारे आवश्यक छानबिनको माग गर्दै आन्दोलनका कार्यक्रम अघि बढाएका थिए।
सम्बन्धित पक्षबीच भएको छलफलपछि चौधरीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको जनाइएको छ। सहमतिपछि परिवारले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो।
चौधरीको मृत्युको कारण र उपचारका क्रममा भएको घटनाबारे थप विवरण भने सार्वजनिक हुन बाँकी छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
