मदिराको नशामा विमानभित्रै कपडा खोलेर हंगामा, युवतीले अदालतमा स्वीकारिन् गल्ती

सिड्नी । बेलायतबाट अस्ट्रेलियातर्फ उडिरहेको विमानमा मदिराको नशामा एक महिला यात्रुले अशोभनीय व्यवहार गरेपछि विमानभित्रै हंगामा मच्चिएको छ।
३० वर्षीया सराह पार्करले गत जुलाई २४ मा बर्मिंघमबाट मेलबर्नका लागि उडेको यात्रुवाहक विमानमा मदिरा सेवन गरी अशोभनीय गतिविधि गरेको आरोप स्वीकार गरेकी छन्। वेस्ट योर्कशायरको ह्यालिफ्याक्स निवासी पार्करले म्यानचेस्टर मजिस्ट्रेट अदालतमा सार्वजनिक शिष्टाचारविरुद्धको कार्य गरेकोमा दोष स्वीकार गरेकी हुन्।
बर्मिंघम विमानस्थलबाट विमान उडेलगत्तै पाइलटले यात्रुहरूलाई आफ्नो सिटमा बसिरहन दिएको निर्देशन बेवास्ता गर्दै पार्कर सिटबाट उठेर शौचालयतर्फ जान खोजेकी थिइन्। त्यसक्रममा उनले विमानको बीचको गल्लीमा अन्य यात्रुहरूकै अगाडि आफ्ना भित्री वस्त्र खोलेर अशोभनीय व्यवहार प्रदर्शन गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।
अदालतमा पेश गरिएको अभियोगपत्रअनुसार उनले आफ्नो भित्री वस्त्र तल झारेर यात्रुहरूलाई अश्लील दृश्य देखाएकी थिइन्। विमानमा मदिरा सेवन गरी अत्यधिक मातेको र पाइलटको निर्देशन पालना नगरेको आरोप पनि उनले स्वीकार गरेकी छन्।
मुद्दाको सुनुवाइका क्रममा जिल्ला न्यायाधीश साइमन ब्लेकब्रोले यात्रुले भरिएको विमानभित्र यस प्रकारको व्यवहार गर्नु गम्भीर विषय भएको बताएका छन्।
घटनाका कारण विमानभित्र रहेका अन्य यात्रुहरू असहज बनेका थिए। पार्करको व्यवहारलाई विमान सुरक्षासँग सम्बन्धित नियम र यात्रुहरूको शान्तिपूर्ण यात्रामा बाधा पुर्याउने गम्भीर घटनाका रूपमा हेरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
