घटना समाचार

झिलिमिली बत्ती जोड्न लाग्दा करेन्ट लागेर मृत्यु

बिज्ञापन

धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएकोे छ । जनकपुर उपमहानगरपालिका–२२ बसबिटी टोल बस्ने १९ वर्षीय अमित मिश्रको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो ।

बिज्ञापन

आफ्नै घरमा दिपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका अमितको स्वतिका अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिज्ञापन