नागरिकता विधेयक पुनर्विचारका विधायन समितिमा पठाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन समितिमा पठाएको छ।
आइतबार बसेको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए। त्यसपछि ध्वनिमतका आधारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए।

यसअघि प्रतिनिधि सभाले भने जस्ताको तस्तै पारित गरेको थियो। प्रतिनिधि सभाबाट पारित भएको विधेयक आज बसेको पहिलो बैठकमा पेश भएको थियो।
पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नागरिकता विधेयकमा पुनर्विचार गरियोस् भन्ने पत्रबारे जानकारी गराएका थिए। त्यसपछि प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहितको नागरिकता विधेयकबारे जानकारी गराएका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
