सहयोग तथा उदार

सन्त निरंकारी मण्डल नेपालद्वारा बाढि पीडितलाई खाद्यान्न सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ८ असोज । सन्त निरंकारी मण्डल नेपालले गत शुक्रबार बाढि पीडितहरुलाई १ लाख २ हजार २ सय ६० रुपैयाँ मुल्य बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले उक्त खाद्यान्न सामाग्री भजनी नगरपालिकाका प्रमुख केवल चौधरीलाई हस्तान्तरण गर्दै उहाँले सन्त निरंकारी मण्डल नेपालले आफ्नो स्थापना कालदेखि अहिलेसम्म विभिन्न क्षेत्र जस्तै– बाढी पीडित, भूकम्प पीडित, आगलागि, खडेरी, निःसाय, गरीब–दिनदुःखी आदिलाई सहयोग गर्दै आइरहको बताउनुभयो । केहि वर्ष पहिले काठमाडौं उपत्यका लगायत त्यसका वरपरका जिल्लहरुमा भूकम्पले ठुलो क्ष्यति पुरयाएको बस्तीमा गएर राहत सामग्री बितरण गरेको स्मरण गर्दै उहाँले यहाँ पनि विभिन्न ठाउँमा बाढिले क्ष्यति पु¥याएर यो भजनी क्षेत्रमा पनि ठूलो नोक्सनी गरेको हुँदा धेरै ठूलो सहयोग नभए पनि पीडितहरुलाई यो सानो सहयोगले केहिहदसम्म राहत हुने बताउनुभयो । उहाँले केहि दिनमै अछाम र कञ्चनपुरमा बाढी पीडितहरुलाई सहयोग पु¥याउन सहयोग कार्य अगाडि बढि रहेकोले छिट्टै यस्तै सहयोग ती ठाउँमा गर्ने बताउनुभयो ।

बिज्ञापन

राहत सामाग्री बुझ्दै भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीले सन्त निरंकारी मण्डल नेपालले सहयोग हात अगाडि बढाएकोमा धन्यवाद र प्रशंसा व्यक्त गर्दै यस राहतले बाढिबाट पीडित भएकाहरुलाई सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले विभिन्न संघ–संस्थाहरुलाई पनि सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।

उक्त राहत वितरण कार्यक्रममा भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा, वडा सदस्य, स.नि.म. टीकापुर क्षेत्रका क्षेत्रीय संचालक नरवहादुर बटाला, सन्त निरंकारी मण्डलका सल्लाहकार तथा सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, स्थानीय मुखी खेमराज काफ्ले, सेवादलका जवानका साथै स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।