शेखर- गगन समूहको निर्णायक भेला हुँदै

काठमाडाैं । पार्टी भित्रै सिट बाँडफाँडमा रुष्ट रहेको कांग्रेस संस्थापन इतर पक्षको खबरदारी भेला गर्ने भएको छ । आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा खबरदारी भेला गर्ने लागेको हो ।
‘हामीले यस अघि पनि खबरदारी भेला गरेका थियौँ ।तर, त्यो कुरामा सम्बोधन भएको छैन । आज हामी विद्रोह गर्ने गरि निर्णायक भेला गर्दै छौँ ’महासमिति सदस्य क्षितिज भण्डारीले भने, ‘हामी एमालेसँग तालमेल गरेर उम्मेदवारी दिने मनस्थितिमा छौँ ।’

यस अघि पनि आफूहरूले राखेको बिषयमा संस्थापन पक्षले चासो नदिएको उनले आरोप लगाए ।यस अघि असोज ८ गते पनि शेखर पक्षले भेला आयोजना गरेको थियो । उक्त भेलामा नेपाली कांग्रेस नेता भरत खड्काले शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्ने बताएका थिए ।
‘अहिले सम्म पनि सम्मानजनक रुपमा टिकटकको सुनिश्चितता भएको छैन’ उनले भने, ‘आजको भेलाले त्यसको निकास दिन सक्छ । ’
समानुपातिकमा पनि सम्मानजनक हैसियत नपाएको यो समूहले प्रत्यक्षमा पनि टिकट नपाउने अवस्था सृजना भएको भन्दै विद्रोह हुन सक्ने सङ्केत उनले दिए ।
मङ्सिर ४ गतेको निर्वाचनमा लागि आगामी २३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा गठबन्धनमा कुरा मिलेको छैन भने कांग्रेस भित्रै विवाद चर्किँदै गइरहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
