वर्षाले सन्दीप चढेको कतार एअरवेजको विमान अवतरण हुन सकेन, आकाशमा फन्को मार्दै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । निरन्तरको वर्षाले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण हुन सकेको छैन्।
वर्षाको कारण ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान अवतरण हुन नसकेको हो ।
बिज्ञापन

विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को लगाएर बसेको छ ।
सन्दीपले फेसबुकमार्फत आज १० बजे कतार एअरवेजको विमानबाट नेपाल आइपुगेर प्रहरीसमक्ष आत्मसमपर्ण गर्ने बताएका थिए । सोही अनुसार विमानस्थलमा प्रहरीको टोली पुगेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
