चितवनको जुस उद्योगमा आगलागी
लोक कल्याणकारी विज्ञापन

२८ असोज, चितवन ।चितवन । चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हो । आज बिहान ४ बजेदेखि आगो लागेको हो ।
करिब चार घण्टामा हामीले आगलागी नियन्त्रणमा लिएका छौं’, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘उद्योगमा आगलागी भएकाले ठूलो क्षति भएको हुनसक्छ । तर, के कति क्षति भयो भन्ने विवरण आउन केही समय लाग्ने छ ।
बिज्ञापन

खैरहनीका दुई र भरतपुरको एउटा दमकलले आगो निभाएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
