सहयोग तथा उदार

काठमाडौंको मेयरले पेटमा लात मार्दा धरानका मेयरको महिनाभरको तलब

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं महानगरपालिकाले ठेलागाडा कुच्चाई बेच्न राखिएका सामान खोसेर बेहाल अवस्थामा पुर्याइएकी महिलालाई धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सहयोगको वचन दिएका छन् । राईले सामाजिक सञ्जालमार्फत् मेयर बालेन साहद्वारा उठिबास लगाइएकी ती महिलालाई एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

तीन दिनअघि थापाथलीको प्रसुतिगृह नजिकै गाडामा सामान राखेर बेच्दै गरेकी महिलालाई लछारपछार गर्दै महानगर प्रहरीले सामान उठाएर लगेको थियो । सडक छेउमा सामान बेचेर गुजारा चलाउँदै आएकी शर्मिला तामाङको ठेला डोजरले कुल्चिदिएपछि उनले बिलौना गरेकी थिइन् ।

बिज्ञापन

विदेश बस्ने आफन्त र शुभेच्छुकको सहयोगमा जोडिएको ठेला र व्यवसाय महानगरले चौपट पारेको खबर बाहिरिएसङ्गै धरानका मेयरले सहयोगको वचन दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी बैनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।