स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले थाले अभियान, ८ जिल्लामा संयोजक चयन

मधेस प्रदेशमा आफू निकटका स्वतन्त्र उम्मेदवार जिताउन भन्दै प्रभु साहले अभियान थालेका छन् । त्यसका लागि ८ जिल्लामा संयोजक तोकिएको छ ।
एमालेबाट टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दिएका साहले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशका मधेसका विभिन्न निर्वाचन क्षेत्रमा आफू निकटका नेताहरुलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए ।

स्वतन्त्र उम्मेदवार जिताउनका लागि भन्दै पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई संयोजक तोकिएको साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रभु साहलाई एमालेले यसअघि नै कारबाही गरिसकेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
