झण्डै ४२ लाख हुण्डीको रकमसहित २ नागरिक पक्राउ
लोक कल्याणकारी विज्ञापन

करीब ४२ लाख रुपैयाँ हुण्डीको रकमसहित २ नागरिक पक्राउ परेका छन् ।
प्रहरीको टोलीले ४१ लाख ९१ हजार रुपैयाँ हुण्डी रकमसहित मंगलवार भारतीय नागरिक नविन गोयल र कपिलवस्तुका उमेश महेश्वरीलाई पक्राउ गरेको हो ।
बिज्ञापन

अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई काठमाडौंको ढल्कुबाट हुण्डीको रकमसहित पक्राउ गरिएको हो ।
उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिन म्याद थप गरि हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
