राजनीति

गठबन्धन दललाई ओलीको आरोप- सत्ताका लागि देशपनि बेच्छन् 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन सत्ता स्वार्थका लागि देश पनि बेच्न तयार रहेको आरोप लगाएका छन् । सत्ताका लागि अंश अंश गरेर देश बेच्न गठबन्धन तयार रहेको उनको भनाई छ ।

‘सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन् । यिनीहरूको कुरा किन गर्ने ?,’ तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,‘सिङ्गै देश ढ्वाक्कै लगेर भण्डा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन् ।’

बिज्ञापन

हिस्सा, अंश, हित र स्वाभिमान अंश अंश बेच्दा एक दिन देश नै बेचिसक्ने अध्यक्ष ओलीले बताए । उनले भने,‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन् । स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन् । सार्वभौमसत्ता बेच्छन् । अंश अंश गरेर बेच्छन् ।’

यस्तै अर्को प्रशंगमा अध्यक्ष ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको दाबी गरे ।

‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने, प्रकारका षडयन्त्र प्रपञ्च गरिरहेका छन् । पैसाको खोलो बगाएका छन्,’ उनले भने,‘राज्य संयन्त्रको दुरुपयोग गर्ने त्यस कुकर्ममा यिनीहरू लागिरहेका छन् । देशलाई भिडन्ततर्फ लाने ।’

देशलाई स्थिरता र स्थायित्व हुन नदिने गरी सत्ता गठबन्धन सक्रिय रहेको पनि अध्यक्ष ओलीले बताए ।

उनले भने, ‘देशलाई स्थिरता स्थायित्व हुन नदिने, त्यो पहिलेदेखि लागे पहिलेदेखि सेटिङ अदालत सबैको प्रयोग गरे । अब देशमा स्थायित्व÷स्थायित्व हुन नदिनका लागि देशमा पारस्परिक सद्भाव जनताकाबीचमा हुन नदिनका लागि बुथ कब्जा गर्नेजस्ता, धाँधली गर्नेजस्ता हरेक कुरामा धाँधली गर्ने हरेक कुरामा तनाव बढाउने यिनीहरूको दाउ छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।