बिश्व

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई अपमानपूर्वक बाहिर निकालियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चीनका पूर्वराष्ट्रपति तथा पार्टीका पूर्वमहासचिव हु जिन्ताओलाई चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको समापन समारोहबाट अपमानपूर्वक बाहिर निकालिएको छ ।

बेइजिङको ग्रेट हल अफ द पिपुलमा एक सातादेखि चलिरहेको सम्मेलनको शनिवार भइरहेको समापन समारोहमा हलको पहिलो लहरमा राष्ट्रपति सि जिनपिङसँगै बसेका हु जिन्ताओलाई मार्सल लगाएर हलबाट बाहिर निकालिएको भिडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भइरहेको छ । 

बिज्ञापन

सी जिनपिङलाई तेस्रो कार्यकालको लागि पार्टीको महासचिव चुनेको उक्त समारोहबाट पूर्वराष्ट्रपति तथा पार्टीका पूर्वमहासचिव हु जिन्ताओलाई किन निकालियो भन्नेबारे भने खुलेको छैन । 

एएफपीले सार्वजनिक गरेको भिडियोमा हु जिन्ताओ राष्ट्रपति सि जिनपिङको बायाँतर्फको कुर्सीमा बसेका छन् । हु को नजिक आएर एकजना पुरूषले उनलाई बसेको कुर्सीबाट उठाउन खोज्दा उनी उठ्न मान्दैनन् । पछि ती पुरूषले हुँ को पाखुरामा सामातेर जबर्जस्त उठाउन खोज्छन् तर, पनि हुुँ आफ्नो कुर्सी छाड्न मान्दैनन् ।

त्यति नै बेला राष्ट्रपति सि हुतर्फ फर्कन्छन् र केही भनेजस्तो गर्छन् । 

चिनियाँ कंग्रेसका अध्यक्ष ली चान्सुले हुँलाई केही भनिरहेका हुन्छन् । अझै पनि उनी आफ्नो कुर्सीबाट उठ्न मान्दैनन् । त्यतिबेलासम्म हुँ को दस्तावेज चान्सुको हातमा पुगेको हुन्छ । हुँ कुर्सीबाट उठ्नै लाग्दा राष्ट्रपति सी को अगाडि रहेको दस्तावेज लिन खोज्छन तर, सी जिनपिङले हत्तपत्त आफ्नो दस्तावेज सम्हाल्छन् ।

हु लाई दुई जना व्यक्तिले कुर्सीबाट जवर्जस्त उठाउँछन् र हलबाट बाहिर निकाल्छन् । हु जिन्ताओ आफ्नो कुर्सीबाट उठेपछि चान्सुले उनको दस्तावेज हुलाई दिन्छन् । कुर्सीबाट उठेर जाँदै गर्दा हु र सि जिनपिङको असाध्यै संक्षिप्त संवाद भएको देखिन्छ । हु अगाडि बढेर प्रधानमन्त्री ली खस्याङलाई धाप मार्छन् । त्यसपछि उनलाई दुई जना पुरुषहरूले हलबाट बाहिर लिएर जान्छन् ।

समापन समारोहबाट हु लाई यति अपमानित ढंगले किन हलबाट बाहिर निकालियो भन्ने खुलेको छैन ।

  • हलबाट बाहिर निस्किँदै गर्दा ७९ वर्षीय हु असाध्यै मलिन मुद्रामा देखिन्छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।