अर्थ

गौतम बुद्ध विमानस्थलबाट अबुधाबी पनि जान सकिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्को कम्पनीले पनि उडान गर्ने भएको छ । विज एयरले आगामी आइतबारदेखि भैरहवा–अबुधावी उडान सुरु गर्ने जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–अबुधावी उडानका लागि आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिएको छ । विज एअर अबुधावीको विमान कम्पनी हो ।

बिज्ञापन

यसअघि जजिरा एयरलाइन्सले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । हवाई यात्रु कम भएपछि उक्त एअरले उडान कटौती गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।