सुदूरपश्चिमका तीन नेतामाथि एमालेको कारबाही, उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप
बिज्ञापन
कैलाली ।नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका तीनजना नेताहरूलाई कारबाही गरेको छ ।
बिज्ञापन
कञ्चनपुरका जयराज पाण्डेय डोटीका प्रेम शाह र कैलालीका यज्ञराज बास्तोलालाई प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । उनीहरू तीनैजना प्रदेश कमिटी सदस्य हुन् ।
आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको पाइएकाले उनीहरूमाथि कारबाही गरिएको प्रदेश सचिव धर्म पाठकले जानकारी दिए ।
बिज्ञापन
You must be logged in to post a comment.