राजनीति

सुदूरपश्चिमका तीन नेतामाथि एमालेको कारबाही, उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली ।नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका तीनजना नेताहरूलाई कारबाही गरेको छ ।

कञ्चनपुरका जयराज पाण्डेय डोटीका प्रेम शाह र कैलालीका यज्ञराज बास्तोलालाई प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । उनीहरू तीनैजना प्रदेश कमिटी सदस्य हुन् ।

बिज्ञापन

आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको पाइएकाले उनीहरूमाथि कारबाही गरिएको प्रदेश सचिव धर्म पाठकले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।