नेपाली कांग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुने

काठमाडौं, कात्तिक ११ गते । नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र भोलि शनिबार सार्वजनिक हुँदैछ ।
ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बिहान १० बजे घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

पौडेलले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “भोलि बिहान १० बजे केन्द्रीय कार्यालयका सार्वजनिक हुनेछ”, कांग्रेस महामन्त्री एवम् घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक हुनेछ ।
यस अघि कात्तिक ७ गते बिहान १०ः३० बजे हुने भनिएको कांग्रेसको संकल्पपत्र सार्वजनिक कार्यक्रम स्थगित भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
