घटनाप्रवास

भारतमा प्रवासी नेपालीमाथी अमानवीय व्यावहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवास सम्बादाता
श्रावण २ प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्म भुमि भारतमा नभई नेपालको पर्सामा रहेको भनी उजागर गरेको बिषय लाई लिएर भारतमा केहि अराजक तत्वले प्रवासी नेपाली हरु प्रति अमानवीय व्यावहार गर्न थालेका छन।

भारतको विश्व हिन्दु सेना नाम को संगठनले बिहीवार वनारसमा रहेका नेपालीको कपाल जबरजस्ती खौरिदिएका छन्। हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन्। त्यसपछि उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्माविरुद्ध नाराबाजी गरेका थिए।
धेरै ठाउँमा “मेरा भारत महान ” को स्लोगन लेखिएको भेटिने भएतापनी यस्तो हर्कतले भने वैचारिक दरिद्रता देखाएको नेपाली सामाजिक अगुवा हरुको ठोकुवा छ।

बिज्ञापन

राम नेपालमै जन्मेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध हिन्दु सेनाले यस्तो कदम चालेको हुन सक्ने बताइएको छ।
हिन्दु सेनाले प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिएको छ।
बिहीवार बिहान बनारसको एक मन्दिरमा हिन्दु सेनाले चेतावनीसहितको एक पोस्टर टाँसेका थिए। सोही साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरिकलाई रोकी जबरजस्ती कपाल खौरी दिएको भारतीय समाचार संस्थाहरुले जनाएको छ। यद्यपि ती व्यक्तिको परिचय भने खुलाइएको छैन।

विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो बयान फेर्नुपर्ने पाठकले सुझाएका छन्। तर राम नेपालमा जन्मेको हुनन सक्ने प्रमाण हरु नेपाली अन्लाईन समाचार हरुले समाचार सम्प्रेषण गरेका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply