अवर्गीकृत

टीकापुर-१ मा नयाँ मतदान केन्द्र थप कुन कहाँ पर्छ थाहा पाउनुस.।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मंसिर ३ टीकापुर ,कैलाली जिल्ला निर्वाचन क्षेत्र अन्तर्गत पर्ने टीकापुर नगरपालिका वडा नम्बर-१ मा नयाँ मतदान केन्द्र थपिएको छ।
स्थानीय तहको निर्वाचनमा दिनभर लाइनमा बसेर मतदाता हरु मतदान नगरी घर फर्कनु परेको थियो ।पुनः त्यो अवस्था नदोहोरिनका निम्ति कैलाली जिल्ला निर्वाचन कार्यलयले टीकापुर बहुमुखी क्याम्पसमा नयाँ मतदान केन्द्र तोकेको छ।
यसरी तोकेको नयाँ मतदान केन्द्रमा ६ बुथ गरि कुल मतदाता संख्या ६ हजार ७२ रहेका छन । जसको १ नम्बर बुथ पश्चिम बाट सुरु भएर पुर्व तिर ६टौ बुथ रहेको छ ।टिकापुर बहुमुखी क्याम्पसमा रहेका नाम हरुमा फउबि थरुनी देखि होलिराम थारु सम्म रहेका छ्न।

त्यसै गरि पुरानो कायम रहेका मतदान केन्द्र हरुमा खड्ग स्मृति मतदान केन्द्रमा कुल ८ हजार ५सय अठहत्तर मतदाता रहेका छ्न जसमा ९ वटा बुथ रहेका छ्न। दक्षिण बाट पहिलो बुथ रहेको छ भने अइतवनी थरुनीको नाम देखी सिम्रन साउद सम्मका नाम हरु रहेका छ्न अन्तिमको ९औ बुथमा सम्झना ठकुरी को नामावली देखी सिम्रन साउद सम्म रहेका छ्न

बिज्ञापन

त्यसैगरी बिरेन्द्रमा दक्षिण बाट क-१ नम्बर बुथ सुरु भएर सुरु उत्तर च-६ रहेको छ। बिरेन्द्र विद्यामन्दिरमा ७ वटा बुथ रहेका छ्न जसमा क-१मा अइसिदेवी देखी टंक बिष्ट सम्म रहेका छ्न बिरेन्द्र विद्यामन्दिरमा ७ हजार ३ सय ५४ मतदाता रहेकाछ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।