आस्था /आध्यात्म

परमात्मासंग नाता जोडेर मानवीय गुणद्वारा युक्त जीवन बिताऔं– सत्गुरु माता सुदीक्षा जी महाराज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

समालखा (हरियाणा), ३ मंसिर । ‘परमात्मालाई प्रत्येक पल स्मरण गर्दै मानविय गुणद्वारा जीवन बिताऔं’, उक्त उद्गार निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले समालखा (हरियाणा) मा आयोजित ७५औं वार्षिक निरंकारी सन्त समागमको दोस्रो दिन आयोजित सत्संगको मुख्य सत्रमा उपस्थित विशाल मानव परिवारलाई सम्बोधित गर्दै उक्त भाव ब्यक्त गर्नुभएको हो ।

सत्गुरु माता जीले अगाडि स्पष्ट पार्दै भन्नुभयो कि ब्रम्हज्ञानको प्राप्ति पश्चात् जब सन्त विबेकपूर्ण जीवन बिताउँंछ, तव मात्र वास्तविक रुपमा प्रशंसक मानिन्छ । फेरि ऊ पूरा संसारको लागि उपयोगी सिद्ध हुन्छ । यस्ता सन्त–महात्मा ब्रम्हज्ञानको दिव्य ज्योतिको स्वरुप बन्दछ र आफ्नो प्रकाशमय जीवनले समाजमा व्यप्त भ्रमित अन्धकारबाट मुक्ति प्रदान गर्दछ । ज्ञानको दिव्य चक्षुले सन्त–महात्माहरुलाई संसारका हरेक प्राणी उत्तम एवं श्रेष्ठ देखिन्छन् र समदृस्टिको भावलाई अपनाउँंदै आफ्नो हृदयमा कसैप्रति नकारात्मक भाव उत्पन्न गर्दैनन् ।

बिज्ञापन

जीवनको महत्वमाथि प्रकाश पार्दै सत्गुरु माता जीले प्रस्ट पार्नुभयो कि जीवनको हरेक क्षण अमूल्य छ जसलाई ब्यार्थ नगरी, सदुपयोग गर्दै सकारात्मक भावले युक्त जीवन बिताउनु पर्दछ । आफ्नो परिवार एवं समाजको प्रति कर्तव्यको निर्वाह गर्दै एक पाईला अगाडि बढेर, स्वयंको आत्मविश्लेषण गरेर आफुलाई सुन्दर बनाउनु पर्दछ । हामी जहाँ आफ्नो जीवनलाई सुखमय बनाउँछौं त्यसैमा अरुको जीवनमा पनि हाम्रो सकारात्मक योगदान हुन सकोस । वास्तवमा हामी एक अध्यात्मिक युक्त जीवन बिताउनको लागि मनुष्य तनमा आएका हौं, यो बिषयलाई प्रमाणित गर्दै अध्यात्मवाद र मानवता एकसाथ अंगालेर सार्थक जीवन बिताउनु पर्दछ ।

मिशनको इतिहासको बयान गर्दै सत्गुरु माता जीले भन्नुभयो कि सत्यको दिव्य सन्देश युगौं युगदेखि सन्तद्वारा दिदै आइएको छ जसको वर्तमान स्वरुप यो मिशन हो । सन्त निरंकारी मिशन केवल एक रातारातको यात्रा नभएर वास्तवमा गुरु र सन्त–महात्माको बर्षौंको तप–त्यागको प्रमाण हो कि आज जसको यो विशाल स्वरुपको प्रस्तुतिकरण भैरहेको छ ।


ब्रम्हज्ञानको दिव्य प्रकाश जसले प्राप्त गरेको छ, उसको जीवन उज्वल हुँदै गैरहेको छ, जसप्रकार सूर्यमुखिको पुष्प सूर्यको तर्फ नै ढल्किएको हुन्छ, त्यसैप्रकार ब्रम्हज्ञानी सन्त ज्ञानको दिव्य ज्योती मार्फत स्वयंलाई प्रकाशित पार्दै अरुको पनि प्रेरणाको स्रोत बन्दै गैइरहेका छन् ।

सत्गुरु माता जीले सम्पूर्ण श्रद्धालुहरुलाई आफ्नो पावन आशीर्वाद प्रदान गर्दै सबैको लागि, यहि मंगल कामना गर्नुभयो कि सबैको जीवनमा सत्संग, सेवा, सुमिरण गर्दै निर्मल, स्वच्छ साथै सुन्दर रुपमा व्यतित हुँदै जाओस ।

कायरोप्राक्टिक शिविर
निरंकारी सन्त समागमको विभिन्न झलक मध्ये कायरोप्राक्टिक शिविर पनि श्रद्धालुको आकर्षणको केन्द्रबिन्दु बनेको छ । कायरोप्राक्टिक थेरापी अन्तर्गत विशेष रुपमा मांसपेशी एवं हाड–जोड्नीसंग सम्बन्धित दुखाईको उपचार गरिन्छ । पछिल्लो करिब दस बर्षदेखि समागममा यो शिविरको आयोजना जसमा नित्यदिन सैंयोंको संख्यामा मानव परिवार उपचार गराउंँदै लाभान्वित भैइरहेका छन् ।

यो शिविरमा विभिन्न देशका लगभग ५५ डाक्टरको टिमले आफ्नो निष्काम सेवाद्वारा सन्तभक्त लगायत आमजनमानसको उपचार गरिरहेका छन् जसमा क्यानडा, युएसए, आस्ट्रेलिया, फ्रान्स, जर्मनी, चीन, ताईवान एवं स्विजरल्याण्ड आदि रास्ट्रबाट विशेषज्ञा डाक्टरहरू सहभागी रहेका छन् । इन्डियन कायरोप्राक्टिक एसोसिएसनका अध्यक्ष माननिय जिम्मी नन्दाले यस शिविरमा गत २ दिनदेखि मिलिरहेको सफलताप्रति प्रशंसा व्यक्त गर्नुभएको छ । जुन गतिले श्रद्धालुहरुद्वारा यसको लाभ प्राप्त गरेको देखिन्छ, जस अनुसार लगभग १५ हजारजतिले समागम समापनसम्म यसको लाभ प्राप्त गर्न सक्ने अनुमान गरिएको छ । सन्त निरंकारी च्यारिटेबल फाउण्डेसन एवं सेवादल क्रमशः २५० एवं १५० स्वयंसेवकले यस शिविरमा डाक्टरलाई सहयोग गरिरहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।