राष्ट्रिय निर्वाचन

विश्वकप फुटबलमा अन्तर्गत आज चार खेल हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : विश्वकप फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन्। कतार विश्वकपमा बिहीबार समूह जी र समूह एच का दुई दुई खेलहरु हुनेछन्।

पहिलो खेलमा समूह जी मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ।  स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो 
 पौने चार बजे सुरु हुनेछ।

बिज्ञापन

यस्तै दोस्रो खेलमा समूह एच को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ। 

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ। समूह एचमा रहेको पोर्चुगल र घानाबीचको खेल राति पौने १० जे सुरु हुनेछ। 

त्यस्तै आजै हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ। समूह जीमा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति पौने १ बजे हुनेछ।​

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ।

आठ रंगशालामा आयोजना भईरहेको  विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।