राजनीति

‘माओवादीले पराजयबाट पाठ नसिके १७ हजार शहीदका आँशुले सराप्नेछ’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : नेकपा माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी निरन्तर ओरालो लाग्नुको कारण बारे गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका छन्।

उनले  केन्द्रीय समिति बैठक बोलाएर कम्तीमा पनि एक हप्ता/ दस दिन को समय लिएर केन्द्रीय समिति बैठकको आयोजन गर्न उनले आग्रह गरेका छन्।

बिज्ञापन

विगत १५ वर्षको संसदीय राजनीति र पार्टी बारे गम्भीर बहस गर्न ढिला भइसकेको जिकिर गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले २०६५ सालको संविधान सभा निर्वाचन पछिको यो सबै भन्दा ठूलो पराजय रहेको उल्लेख गरे।

‘यो पराजय सामान्य होइन! १७०० नेपाली नागरिक को बलिदान र हजारौं बेपत्ता र घाइतेहरूको आँशु र पीडाको जग निर्माण भएको माओवादी पार्टी अब पनि विगत १५ वर्षमा गरिएको गलत राजनीतिबाट शिक्षा लिएर अगाडि बढ्ने होइन भन्ने इतिहासले हामीलाई कहिल्यै माफी गर्ने छैन। सत्र हजार शहीद परिवारको आँशुले हामीलाई सराप्ने छ’, उनले लेखेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।