घटना

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मंसिर १७– अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् ।

स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।

बिज्ञापन

एक प्रत्यक्षदर्शीले नाम न छाप्ने शर्तमा सिन्हालाई बताए अनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिँडडुल गर्दै थिए । यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दै घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिले सम्म खुल्न सकेको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।