घटना

डोटीमा चितुवाले आक्रमणमा गर्दा ६ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । डोटीमा चितुवाले आक्रमणमा गर्दा ६ जना घाइते भएका छन् । जिल्लाको पूर्वी चौकी गाउँपालिका ५ बटाला गाउँका ६ जनालाई चितुवाले आक्रमण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डोटीले जानकारी दिएको छ ।

चितुवाले मगंलबार अपराह्न ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए । उनका अनुसार घरको आँगनमा खेली रहेका मानिसहरूमाथि चितुवाले आक्रमण गरेको थियो ।

बिज्ञापन

चितुवाको आक्रमणबाट शारदादेवी बटाला, उनका ४ वर्षका छोरा सिद्ध बटाला सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना बटाला र किथ्थी गिरी घाइते भएका छन् ।

४ वर्षका सिद्ध बटाला र १५ वर्षीया लाली बटालाको अवस्था केही गम्भीर भए पनि बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बालक सिद्ध बटालालाई घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेपछि बचाउन गएकी उनकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।