घटना

बझाङबाट डडेल्धुरा जाँदै गरेको जिप बैतडीमा दुर्घटना, ४ यात्रु घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः बझाङबाट डडेल्धुरा जादै गरेको जिप बैतडीमा दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बुधबार बिहान सुर्नया गाउँपालिका–६ दुदिलाखान नजिक से१च १२२६ नं को जिप दुर्घटनामा परेको हो।

लोक कल्याणकारी विज्ञापन

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका–५ का जिप चालक २० वर्षीय धनबहादुर  गुरधामी, बुंगल नगरपालिका–९ का ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका छन्।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन