बझाङबाट डडेल्धुरा जाँदै गरेको जिप बैतडीमा दुर्घटना, ४ यात्रु घाइते
लोक कल्याणकारी विज्ञापन

धनगढीः बझाङबाट डडेल्धुरा जादै गरेको जिप बैतडीमा दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बुधबार बिहान सुर्नया गाउँपालिका–६ दुदिलाखान नजिक से१च १२२६ नं को जिप दुर्घटनामा परेको हो।
बिज्ञापन

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका–५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बुंगल नगरपालिका–९ का ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका छन्।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
