फर्जी कागज’को भरमा २४ वर्षदेखि सरकारी जागिर

सिरहामा एक कर्मचारीले फर्जी कागजातका आधारमा विगत २४ वर्षदेखि नायब सुब्बाको जागिर खाँदै आएको खुलेको छ ।
आईएनजीओको सहजकर्ताकारूपमा ६ महिनाका लागि तत्कालीन जिल्ला विकास समितिमा करारमा प्रवेश गरेका महेन्द्रप्रसाद यादवले त्यसपछि सबैलाई झुक्याएर नायब सुब्बाको जागिर खाँदै आएको खुलेको हो ।

अहिले उनी सिरहाको विष्णुपुर गाउँपालिकाको प्रशासन फाँटमा नायब सुब्बाको रूपमा कार्यरत छन् । २०५५ सालमा गाउँ विकास कार्यक्रम सञ्चालनका निम्ति सहयोगी संस्था नाम गरेको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले तत्कालीन जिल्ला विकास समितिसँग स्थानीय ट्रस्ट फन्ड बोर्डमार्फत एक आयोजना सञ्चालन गरेको थियो ।
सोही आयोजनाका लागि सिरहामा ५ वटा गाउँ विकास समितिमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले उक्त आईएनजीओले यादवलाई २०५५ वैशाख १७ गते सामाजिक परिचालक पदमा ६ महिनाका लागि करारमा नियुक्त गरेको थियो । उनी जिविसको कर्मचारी नभएर आईएनजीओको करार कर्मचारीका रूपमा भर्ना भएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
