राष्ट्रिय समाचार

‘राणालाई निलम्बन फुकुवाको पत्र दिनु राजद्रोह हो’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र निलम्बन फुकुवा गर्न पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच जालसाजीपूर्ण मिलेमतो रहेको बताएका छन् ।

शुक्रबार संसदका महासचिव गौतमले राणालाई थमाएको निलम्बन फुकुवाको पत्रविरुद्ध रिटमाथिको बहसमा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् । बरिष्ठ अधिवक्ता थापाले भने, ‘राणा र गौतमबीच दूषित जालसाजीपूर्ण मिलेमतो देखिन्छ । पहिल्यैलदेखि साँठगाँठ छ । नत्र कसरी दर्ता हुन्छ ?’

बिज्ञापन

उनले राणालाई निलम्बन फुकुवाको पत्र दिनु ‘राजद्रोह’को संज्ञा दिँदै भने, ‘यो राजद्रोह हो र संवैधानिक व्यवस्था खलल पार्ने काम हो ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।