सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभामा ६ दलको प्रतिनिधित्व

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न ६ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ । हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राखेका छन् भने जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी बाहिरिएका छन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन । त्यसबखत प्रत्यक्ष निर्वाचित ४ सदस्यसहित १२ सदस्यको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसबाट दोस्रो चुनावपछि प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य प्रदेशसभा निर्वाचित भएका छन् ।

बिज्ञापन

नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित आठ र समानुपातिक तीन गरी ११, नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक सात गरी दश सदस्य निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्य निर्वाचित भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।