मनोरञ्न

राजेश हमालसहितको टोली लमजुङको भुजुङगाउँमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लमजुङ, मङ्सिर २३ गते। कलाकार, चिकित्सक, पत्रकार, पाइटल, लेखक, इन्जिनियर, व्यापारी र खेलाडीको टोली लमजुङको पर्यटकीय भुजुङ गाउँमा पुगेका छन्। बिहीबार साँझ क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ स्थित पर्यटकीय गाउँ भुजुङ पुगेका हुन्। 

आयोजक स्पार्क एड्भेन्चर प्रालिका अनुसार उक्त टोली बिहीबार नै काठमाडौंबाट लमजुङ सदरमुकाम बेंसीसहर हुँदै भुजुङ पुगेका हुन्। ‘स्पार्क एडभेन्चर २०२२’ का लागि महानायक राजेश हमाल, गायक रामकृष्ण ढकाल, कलाकार वीपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक (सिते बा), रंगकर्मी सुनिल पोख्रेल, क्याप्टेन विजय लामा, तेक्वान्दो खेलाडी दीपक विष्ट, डा. लोचन कार्कीसहित ख्यातिप्राप्त व्यक्तित्व सहभागी भएको स्पार्क एड्भेन्चरका व्यवस्थापक प्रमोद अधिकारीले बताउनुभयो। उनीहरुले भुजुङ घुम्नुका साथै स्थानीय संस्कृतिको अवलोकन गरेका छन्। 

बिज्ञापन

शुक्रबार बिहान भीर मह काढ्नेस्थलमा पुगेर अवलोकन गरेका छन्। त्यसपछि उनीहरु स्मार्ट भिलेज घलेगाउँ फर्किएका छन्। घलेगाउँ घुमेर शुक्रबार साँझ नै बेंसीसहर फर्किने कार्यक्रम रहेको छ। 

नेपालका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम गरिएको बताउनुभयो। गन्तव्यको प्रचारप्रसारका लागि यात्राको कार्यक्रम गरिएको बताउनुभयो। यात्राको पहिलो दिन मङ्सिर २२ गते काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको स्पार्क ग्रुपका टुर व्यवस्थापक अमरदीप भट्टराईले बताउनुभयो।

शुक्रबार साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकाल साँझ हुनेछ। २४ गते शनिबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ। भुजुङ गाउँमा होमस्टे रहेको ३२ घरमा उनीहरुको व्यवस्थापन गरिएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताउनुभयो। उहाँका अनुसार स्थानीय कला संस्कृति देखाइएको छ। भ्रमण टोली भुजुङ पुगेर खुशी भएको बताउनुभयो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।